कर्म
feather icon प्रकाशन मिती: २०७८ बैशाख २० गते

कर्मै साधन - साध्य हो भजन हो , आनन्द हो प्रीत हो
कर्मै वादन - वाद्य हो र सुर हो , सङ्गीत हो गीत हो
सच्चा कर्म मनुष्य निम्ति सुख को,आधार हो शान हो
कर्मै जीवन हो विशिष्ट धन हो , विज्ञान हो ज्ञान हो
 
जो हुन्छन् अति कर्मवीर तिनकै , साथी हुने भाग्य हो
अल्छी कायर व्यक्ति साथ रहने , बस्ने त दुर्भाग्य हो
कर्मै सुन्दर हो र भास्वर उही , कर्मै त हो पूजन
कर्मै मन्दिर हो र ईश्वर उही , ब्रह्माण्ड कै हो धन
 
अज्ञानी जन को दह्रो कलम हो , हो कर्म सञ्चेतना
दु:खी को हर घाउ को मलम हो , हो कर्म संवेदना
मान्छे उच्च बनाउने गजब को , हो कर्म सत्साधना
मान्छे माथि उठाउने अजब को , हो कर्म आराधना
 
हर्ने दु:ख - दरिद्रता हृदय को , कर्मै त हो आखिर
चिर्ने पर्वत पीर - भोक - भय को ,कर्मै त हो आखिर
कर्मै बाट अमेरिका र इटली , जापान बन्छन् धनी
कर्मै बाट कुवेत चीन अथवा , ओमान के मा कमी ?
 
ठान्यौं बोझ भने कहाँ सफलता , मिल्ला र यो कर्म ले ?
मान्यौं दु:ख भने कहाँ तिमिरता , हट्ला र यो कर्म ले ?
हाँसी कर्म गर्यौं भने भुवन मा , उद्देश्य भेटिन्छ नै
धायौं निर्झर मा भने वदन को , सन्ताप मेटिन्छ नै
 
हिँड्छन् चन्द्र र सूर्य कर्मरथ मा,दिन्छन् उज्यालो उषा
भिड्छन् जीव जगत् सुकर्म पथ मा,हर्छन् निराशा निशा
सङ्ला निर्मल कर्म ले अजर छन् , संसार का वैभव
अग्ला उत्तम कर्म ले अमर छन् , सारा महामानव

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016